बिश्वरुपालाई चौथो स्थान

१२ औ सागको ५ हजार मिटर दौडमा नेपालकी बिश्वरुपा बुढा चौथो भएकी छिन् । पहिलो भएकी भारतीय एल सुर्याले १५ मिनेट ४५.७५ मा दुरी तय गरिन् । यसैगरी, भारतकी स्वाती गाभेले १६ मिनेट १४.५७ मा दुरी तय गर्दै दोस्रो भइन् । श्रीलंकाका युकेएन रत्नानायकले १७ मिनेट ००.८५ सेकेन्डमा दुरी तय गर्दै तेस्रो स्थान पाए । बिश्वरुपाले १८ मिनेट ५७.२४ सेकेन्डमा दुरी तय गरिन् ।

Comment