बूम रेमिट्यान्स रुपन्देही सुपर लिग क्रीकेटको उपाधी होराईजनलाई

boom finalबुटवलको न्यु होराईजन क्रिकेट क्लवले भैरहवामा सम्पन्न जिल्ला स्तरीय बूम रेमिट्यान्स सुपर लिग क्रिकेटको उपाधी हात पारेको छ ।
भैरहवाको लुम्विनी खुकरी क्लवलाई हराउदै मगंलवार होराईजनले उपाधी जितेको हो ।  लिगका यसअघिका १८ संस्करणका उपाधी शिद्धार्थ नगर नगरपालीका भित्रका क्लवहरुमा सिमीत थियो । यसबर्ष होराईजनको जितसगै रुपन्देही क्रिकेट सघंले आयोजना गर्ने लिगको उपाधी पहीलो पटक भैरहवा बाहीरको टिमले लगेको हो । बिजेता होराईजनमा नेपालको राष्ट्रिय टिममा रहेका खेलाडी शक्ती गौचन र सागर पुन छन् ।  उपबिजेता खुकरीमा नेपालको राष्ट्रीय टिममा खेलीसकेका अनुभवि अन्तीम थापा थिए ।
उपाधीसगै होराईजनले  ३१ हजार रुपैया पायो । प्रथम पुरस्कार हाल अमेरीका बस्दै आएका भैरहवाका क्रिकेट प्रेमी बिबेक बर्माले आफ्ना स्वर्गीय माता पिता ससिकान्त बर्मा र सकुन्तला बर्माको स्मृतीमा सौजन्य गरेका छन् । उपबिजेता खुकरीले  १५ हजार रुपैया पायो । भैरहवा स्थित शिद्धार्थरगंसालामा भएको खेलमा खुकुरीले टस जितेर पहीला ब्याटीन गर्दै निर्धारीत ४० ओभरको खेलमा ३३ दसमलव ३ ओभरमा सवै बिकेट गुमाउदै ८९ रनमा घुम्चीएको थियो । भने ८० रनको बिजयी लक्ष्य लिएर मैदान छिरेको होराईजनले २१ दसमलव ४ ओभरमा ३ बिकेटको क्षतीमा ९३ रन बनाउदै उपाधी हात पारेको हो ।
बिजयी होराईजनकोलागी प्रकास केसीले नटआउट ३१, सुसान भारीले पनि नट आउट २७ तथा सागर पुनले १३ रनको योगदान दिएका थिए ।  होराईजनका राहुल प्रजापतिले ४, गणेस गौडेलले ३ तथा सुसान भारी र शक्ती गौचनले १÷१ बिकेट लिएका थिए । उपबिजेता खुकुरीका लागी  अन्तीम थापाले ३९, सविन शाक्यले २४ र बिजय सुनारले १४ रन बनाए ।  खुकरीका दिपेन्द्र यादव, बिजय सुनार र एकलाख अहमदले १÷१ बिकेट लिएका थिए । मगंलवारको खेलको म्यान अफद म्याच होराईजनका राहुल प्रजापति घोषीत भएको आयोजक संस्था रुपन्देही क्रिकेट सघंका अध्यक्ष प्रसान्त बिक्रम मल्लले जानकरी दिए । त्यस्तै प्रतियोगीताको म्यान अफद सिरीज खुकरीका लाल बहादुर अधीकारी भएका छन् । उनले नेपालको उमेर समूहका राष्ट्रीय टिमका पूर्व क्रिकेट खेलाडी उत्सव पन्तद्घारा सौजन्य ५ हजार रुपैया पाए  । यस्तै देव दह क्रिकेट युनिटका अर्जुन रायमाझी बेस्ट ब्याटसम्यान भएका छन् । १९  पुसबाट सुरु भएको प्रतियोगीता जिल्लाका १९ बटा टिमको सहभागीता रहेको थियो ।
प्रतियोगीताको समापन समारहोमा बोल्दै शिद्घार्थ नगर नगरपालिकाका कार्यकारी अधिकृत बिष्णु दक्त गौतमले रुपन्देही क्रिकेटको उर्वर भुमी रहेको भन्दै खेल क्षेत्रको बिकासका लागी नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । यस्तै लीगको मुख्य प्रयोजक बूम रेमिट्यान्स प्रा लिका प्रवन्ध निद्र्घेशक धिरेन्द्र पन्तले पनि आगामी दिनमा खेलकुदलाई निरन्तर सहयोग गर्ने व‘ाचा गरे ।

Comment