लक्ष्य प्राप्तीको बाटोमा गौरीका यसै सागमा तेस्रो पदक

तस्बिर ः पिजे क्लब
तस्बिर ः पिजे क्लब

नेपालकी गौरीका सिंहले महिला ४ सय मिटर फ्रिस्टाइलमा काश्य पदक जितेकी छिन् । १२ औ सागमा यो उनको तेस्रो काश्य पदक हो । काश्य पदक जित्ने क्रममा उनले ४ मिनेट ४०.९३ सेकेन्डको नया राष्ट्रिय कीर्तिमान समेत कायम गरिन् । लन्डनमा प्रशिक्षण गर्दै आएकी गौरिका सागमा सबैभन्दा धेरै पदक जित्ने नेपाली पौडीवाजको रुपमा कीर्तिमान राख्न सफल भइसकेकी छिन् ।
हाल १२ बर्ष पनि पार नगरेकी गौरिकालाई उनका अभिभावकले दिर्घकालीन योजना सहित पौडी खेलमा लगाएको थियो ।

Comment