महीला भलीबललाई काश्य पदक विनिता, मञ्जु र कोपीलाले एक दशक पछि सफलता दोह¥याए

 

तस्बिरः पिजे क्लब
तस्बिरः पिजे क्लब

१२ औ दक्षिण एसियाली खेलकुद अन्तरगत भएको महिला भलीबलमा नेपालले काश्य पदक जितेको छ । तेस्रो स्थानमा लागि भएको खेलमा नेपालले माल्दीभ्सलाई २५–२०,२५–१५ र २५–१४ ले पराजित ग¥यो । सेमिफाइनलमा नेपाल भारतसंग पराजित भएको थियो ।
यस अघि कोलम्बोमा भएको १० औ दक्षिण एसियाली खेलकुदमा महिला भलीबलले काश्य पदक नै जिते पनि ढाका सागमा यो स्पर्धा समाबेश थिएन । कोलम्बो सागमा काश्य जितेका विनिता बुढाथोकी, मञ्जु गुरुङ्ग र कोपीला उप्रेती यस पटक पनि टोलीमा छन् ।

Comment