पौडीमा गौरिकको दोस्रो पदक

तस्बिरः पिजे क्लब
तस्बिरः पिजे क्लब

नेपालको पदक तालिकामा पौडीबाट गौरिका सिंहले अर्को पदक थप गरेकी छिन् । १२औं दक्षिण एशियाली खेलकुदमा नेपालको लागि पदक जोड्ने क्रममा उनले १०० मिटर ब्याकस्ट्रोकमा १ मिनट ०७.३१ सेकेन्डका साथ कास्य पदक प्राप्त गरिन् । गौरिकाको यस प्रतियोगितामा ब्यक्तिगत दोश्रो पदक समेत रहेको छ । उनले २०० मिटर ब्याकस्ट्रोकमा समेट कास्य पदक प्राप्त गरेकी थिईन् । भारतले १ मिनट ०३.७८ सेकेन्डमा साथ स्वर्ण र दोश्रो स्थानमा रहेको श्रीलङकाले उक्त दुरी १ मिनट ०६.०० सेकेन्डमा पुरा गरेको थियो ।
लन्डनमा अध्यनको क्रममा रहेकी गौरीकाले त्यही साग तयारीको क्रममा त्यहिं बिदेशी प्रशिक्षकबाट प्रशिक्षण लिंदैं आएकी थिईन् ।
गौरीकाको पदकबाट हौसिएका पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले पौडीबाट थप दुई पदक प्राप्त गर्ने विश्वास ब्यक्त गरे ।
यसका साथै नेपाली टोलीको पदक संख्या १२ पुगेकोछ ।

Comment