डेपुटी सेभ द मिसनको पदक विजेतासंग भेट

dharma and sunile
डेपुटी सेभ द मिसन धर्म कुमार श्रेष्ठले पदक विजेता नेपाली भारोत्तलन खेलाडीलाई भेटेका छन् । उनले तीनै खेलाडी विकास थापा, देवी चौधरी र जनुमाया छन्त्याललाई भेटेर बधाइ दिएका हुन् । सो भेटमा प्रशिक्षक सुनील जोशी र ब्यबस्थापक राम श्रेष्ठ पनि उपश्थित थिए । खेलाडहरुले पदकले उत्साहित भएको बताए ।
सप्तरीकी देवी थापाले यस सागमा नेपालका लागि पहिलो पदक जितेकी थिइन् । यसैगरी विकासले जितेको रजत पदक कमल अधीकारीले कोलम्बो सागमा पाएको स्वर्ण पछिको पहिलो महत्वपूर्ण उपलब्धी हो । भारोत्तलन खेल्न थालेको दुइ बर्ष मात्र भएकी बाग्लुंगकी जुनुमायाको हकमा पनि यो सफलता महत्वपूर्ण मानीएको छ ।
नेपाली जुडोका सफल प्रशिक्षक तथा रेफ्रि धर्म यस सागमा ब्यबस्थापकीय कुरामा रहेको ब्यबस्ततालाई मिलाउदै उनीहरु बसेको होटलमा पुगेका हुन् । उनले आफू पनि खेलकर्मी भएको कारण हरेक खेलाडीको मनोभावना बुझ्न सक्ने भएको बताए ।

Comment