लुम्विनी खुकुरी फाईनलमा

boom ist semifinale

गतबर्षको लिग च्याम्पीयन लुम्विनी खुकुरी क्लव बेलहीया  शिव शक्ती क्रीकेट क्लव भैरहवालाई पराजित गर्दै यसबर्ष पनि फाईनल प्रबेश गरेको छ । भैरहवा स्थित शिद्धार्थरगंसालामा जारी जिल्ला स्तरीय बुम रेमीट्यान्स सुपरलिग क्रीकेट अन्तगत शिव शक्तलाई १ सय ५ रनको पराकीलो रन अन्तरले हराउदै फाईनलमा पुगेको हो । टस हारेर पहिले ब्याटिंग गरेको खुकुरीले ४० ओभरमा ९ बिकेटको क्षतीमा सगै २ सय ८ रन जोडेको थियो  । २ सय ९ रनको बिजयी लक्ष्य पाएको सिवशक्ती ३० दसमलव ४ ओभरमा सवै बिकेट गुमाउदै १ सय ३ रनमा समेटीएको थियो । बिजयी खुकुरीका लागी शविन शाक्यले ६७, क्याप्टेन अन्तीम थापाले ३६, बिसाल सुनार र ईकलाख अहमदले समान २३÷२३ र मान बहादुर थापाले १८ रनको योगदान दिए ।

सिवशक्तीका रमेस साहीले ४, सुमन अधीकारीले २ र कृष्ण कार्कीले १ बिकेट लिएका थिए । सिवशक्तीकोलागी रमेस साही र हरीया लोहोनीले १८÷१८ रन जोडेका थिए ।   खुकुरीका ईकलाख अहमदल र दिपेन्द्र यादवले ३÷३ तथा लाल बहादुर अधीकारी र बिसाल सुनारले २÷२ बिकेट लिए । खेलको म्यान अफदी म्याच खुकुरीका सविन शाक्य घोषीत भएको आयोजक संस्था रुपन्देही क्रीकेट सघंका अध्यक्ष प्रसान्त बिक्रम मल्लले जानकारी दिए । सोमवारको खेल सोमवारको सेमीफाईलनमा प्रोफेसनल मास्टर्स ११ भैरहवा र न्यु होराईजन क्रीकेट क्लव बुटवल बिच प्रतिस्पर्धा हुने छ ।

फाईनमा बिजयी हुने टिमले नगद ३१ हजार सहीत ट्रफी तथा उपबीजेताले  १५ हजार रुपैया  र उत्कृष्ट खेलाडीले  पाचँ हजार रुपैया पुरस्कार पाउने छन् । प्रथम पुरस्कार हाल अमेरीका बस्दै आएका भैरहवाका क्रीकेट प्रेमी बिबेक बर्माले आफ्ना स्वर्गीय माता पिता ससिकान्त बर्मा र सकुन्तला बर्माको स्मृतीमा सौजन्य गरेका छन् । जिल्ला स्तरीय सुपरलिग रुपन्देही क्रीकेट सघंले २०५३ साल देखी गराउदै आएको छ ।

Comment