कुस्तीलाई अर्को कांस्य

रामबाबु यादवले कुस्तीबाट कांस्य पदक दिलाएका छन् । १२ औं सागमा कुस्तीको यो दोस्रो पदक हो । अघिल्लो दिन सरोज यादवले कांस्य जितेका थिए ।पहिलो अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी रामबाबुले ६१ केजी तौलको फ्रिस्टाइलमा पदक जितेका हुन् । उनी पाकिस्तानका अब्दुल वाहाईसँग पराजित भएका थिए । रामबाबुले पहिलो खेलमा वाइ पाएका थिए । उनीसँगै अफगानी मोहम्मद अलीले कांस्य जित्दा भारतका प्रदीपले स्वर्ण र अब्दुलले रजत जितेका थिए ।
महिलातर्फ भने राउन्ड रोबिनमा सुमित्रा थापा र लक्ष्मी खत्री दुवै पराजित भए ।

Comment