पौडीमा दुई राष्ट्रिय रेकर्ड

swimming
भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुदमा नेपाली पौडीका दुई खेलाडीहरुले राष्ट्रिय रेकर्ड ब्रेक गरेका छन् । शनिवार भारतको गुवाहाटीमा भएको खेलमा शोफिया शाह र गौरिका सिंहले पुरानो राष्ट्रिय रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड कायम गरेका छन् । दुवैले हिट्स चरणमा नयाँ रेकर्ड कायम गरेका हुन् ।शोफिया शाहले २०० मिटर फ्रिस्टाईल तर्फ २ मिनेट १३ दशमलव ८१ सेकेन्डमा नयाँ रेकर्ड कायम गरेकी थिईन् । उनले गौरिक सिंहको नाममा रहेको १ मिनेट १४ सेकेन्डको रेकर्ड ब्रेक गरेकी हुन् ।
त्यस्तै गौरिक सिंहले १०० मिटर बटरफ्लाईमा नयाँ रेकर्ड कायम गरेकी छिन् । उनले २ मिनेट १४ दशमलव ६८ सेकेन्डमा दुरी पुरा गर्दै नयाँ रेकर्ड कायम गर्न सफल भएकी हुन् । १२ औं दक्षिण एसियाली खेलकुदमा आठ प्रतिस्पर्धीको सामना गरेकी गौरिका पाचौं हुँदै प्रतियोगीताबाट बाहिरीएकी छिन् । त्यस्तै सोनिरा विष्ट २०० मिटर ब्रेस्टोकमा आठौं भएकी छिन् । उनले ३ मिनेट १८ दशमलव ११ सेकेन्ड समय लिँदै आठौं भएकी थिईन् । त्यस्तै २०० मिटर ब्रेसस्टोकमा शुभम श्रेष्ठ पाँचौ भएका छन् । उनले २ मिनेट ५० दशमलव ४५ सेकेन्डमा दुरी पार गरेकि थिईन् ।

Comment