पौडीमा हारको श्रृंखला

पौडीका दुवै रिले सकिदा नेपाल पदक बिहिन रहेको छ । महिलाको चार गुणा सय मिटर रिलेमा नेपाल चौथो भयो । भारत,पाकिस्तान र श्रीलंका शिर्ष तीन स्थानमा रहे । चौथो भएको नेपाली टोलीमा सोफीया शाह,श्रृद्धीका सिंह,सोनीरा विष्ट र गौरिका सिंह समाबेश थिए ।
पुरुषहरुको सोही स्पर्धामा नेपाल पाचौ भयो । नेपाली टोलीमा मनीष चित्रकार,सुभम श्रेष्ठ अनुभब सुब्बा र शिरिष गुरुङ्ग समाबेश थिए । ब्यक्तिगत स्पर्धामा पनि नेपाल पदक बिहिन नै रहेको छ ।

Comment