नेपाल सेमिफाइनलमा

भारतको गुवाहटीमा भइरहेको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपाल शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।नेपाल अफ्गानिस्तानबाट वाक ओभर पाउदै समूह ‘क’ को उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । अघिल्लो दिन नेपाल श्रीलंकासंग ३–० ले पराजित भएको थियो । उक्त समूहमा पुरुषमा समूह ‘ए’ को लिग खेलमा भारतले नेपाललाई ३–० ले हरायो । नेपाल २५–१५, २५–१६ र २५–१५ ले चुक्यो । नेपाल रहेको समूहमा श्रीलंका र पाकिस्तान छन् ।

Comment