बास्केटबल रेफ्री क्लिनिक सुरु

Manoj Shiama
22 November, 2014 10:57 pm

कास्की जिल्ला बास्केटबल सङ्घको आयोजनामा नौ देखि १३ मंसिरसम्म सञ्चालन हुन गइरहेको १२ औं संस्करणको अन्तरमावि कर्णेल जेपिक्रस छात्रछात्रा बस्केटबल प्रतियोगितालाई सफल पार्न शनिबारदेखि पोखरामा रेफ्री क्लिनिक सुरु भएको छ।
मङ्सिर ८ गतेसम्ै म सञ्चालन हुने रेफ्री क्लिनिकको प्रमुख अतिथि नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष जुमप्रसाद गुरुङ, नेपाल ह्याण्डबल सङ्घका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङ र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले संयुक्तरूपमा Çलेक्स बोर्डमा हस्ताक्षर गरेर उद्घाटन गरेका थिए।
सो अवसरमा नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष जुमप्रसाद गुरुङ, नेपाल ह्याण्डबल सङ्घका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङ र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी तथा सिनियर राष्ट्रिय रेफ्री नरेन्द्र थापाले तालिमले जिल्लास्तरीय, क्षेत्रीय तथा राष्ट्रिय रेफ्री उत्पादन गर्ने हुँदा बास्केटबल खेलको विकास र विस्तारमा सहयोग पुग्ने बताए।
क्लिनिकमा जिल्लाका करिब ३० जनाको सहभागिता रहेको छ। उनीहरूलाई सिनियर राष्ट्रिय रेफ्री नरेन्द्र थापाले प्रशिक्षण दिनेछन्। जिल्ला, क्षेत्र र राष्ट्रियस्तरको प्रशिक्षण हुने सो सेमिनारमा उत्तीर्ण हुनेलाई लाइसेन्स पनि प्रदान गरिने सङ्घका सचिव धोजकुमार गुरुङले जानकारी दिए।
कास्की जिल्ला बास्केटबल सङ्घका अध्यक्ष नेत्रबहादुर सेनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष नारायण पुनले स्वागत मन्तव्य र सचिव धोजकुमार गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।
यसैबीच मङ्सिर ९ देखि १३ गतेसम्मसञ्चालन हुन गइरहेको १२ औं संस्करणको अन्तरमावि कर्णेल जेपिक्रस छात्रछात्रा बस्केटबल प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ।