नलनदा कपको उपाधी क्याम्पियनलाई

nalanda cupe
क्याम्पियन स्कुलले प्रथम नलनदा अनतरस्कुल बास्केटबलको उपाधी हात पारेको छ ।शुक्रबार सम्पन्न प्रतियोगितामा क्याम्पियनले ओसिसमाथी ४९।३३ स्कोरले पाखा लगाउन सफल भयो ।पहिलो खेललाई आफ्नो दवावमा राख्न सफ क्याम्पियनले पहिलो क्वाटरमा १२।१० स्कोर गर्यो । दोश्रो क्वाटरमा ओसिसले समान अंक ११ अंक बटुल्दै खेलमा फर्कन चाहे पनि तेश्रो क्वाटरमा ८।१३ र चौथोमा ४।१३ ले पछि पर्दै क्याम्पियनलाई नतिजा सुम्पियो ।
पाँच स्कुलको सहभागिता रहेको प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाईएको थियो । राउन्ड रोविनमा उच्च अंक हासिल गरेका दुई स्कुलविच उपाधीको लागि प्रतिस्पर्धा गराईएको थियो ।प्रतियोगितामा नलन्दाका हेमलाल श्रेष्ठ मोष्ट भ्यालुएबल प्लेयर घोषित भए । वेष्ट डिफेन्सिभ प्लेयर नलन्दाका नविन लोहारले हात पारे । प्रतियोगिता भरि ७० अंक जोडेका क्याम्पियनका निओन शेरचन उच्च स्कोरर भए ।विजयी खेलाडीहरुलाई ललितपुर जिल्ला प्याब्सनका अध्यक्ष शिव कार्की, नलन्दा स्कुलका निरिक्षक सुरेन्द्र भट्ट र स्कुलका प्रिन्सिपल नारायण प्रसाद राईले पुरस्कार वितरण गरेका थिए ।

Comment