बंगलदेशसंग नेपालको हार

फाइल तस्बिरः सौजन्य क्रिकेटीग् नेपाल डटकम
फाइल तस्बिरः सौजन्य क्रिकेटीग् नेपाल डटकम

यु–१९ बिश्वकप क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल नेपाल बंगलादेशसंग ६ विकेटले परािजत भएको छ । शुक्रबार भएको खेलमा बंगलादेशले नेपाललाई ६ विकेटले हराएको हो । २१२ रनको लक्ष्य पाएको बंगलदेशले ८ बल बाकी रहदा चार विकेटको क्षतीमा २१५ रन प्रहार ग¥यो । विजयी टोलीका लागि जाकीर हसनले अविजित ७५ रनको योगदान गरे । म्यान अफ द म्याच समेत घोषित मेहदी हसन मिराजले अविजित ५५ रन जोडे । यी दुइले पाचौ विकेटका लागि अविजित ११७ रनको साझेदारी गरे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नौ विकेटको क्षतीमा २११ रन जोड्यो । नेपालका लागि राजुरिजालले सर्वाधीक ७२ रन जोडे ।

Comment