बाबाको फराकिलो जित

boom remitenced
भैरहवामा जारी बुम रेमिट्यान्स रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा बाबा क्रिकेट क्लब विजयी भएको छ । भैरहवा स्थित सिद्धार्थ रंगशालामा भएको खेलमा बाबाले बुटवल ११ लाई ९० रनले पराजित ग¥यो । निर्धारित ४० ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बाबाले ३८.४ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १५७ रनको योगफल खडा ग¥यो । बाबाका रोशन लाल गुप्ताले अविजित ३७ रनको योगदान गरे । १५८ रनको लक्ष्य पछ्याएको बुटवल २२.२ ओभरमा सम्पूर्ण विकेट गुमाउदै ६७ रन जोड्यो । बाबाका किरण गुरुङ्ग ५ ओभरमा १६ रन खर्चीदै ६ विकेट लीए । उनी म्यान अफ द म्याच घोषित भए ।

Comment