ओडिसी र माउन्ट ग्लोरी सेमिफाइनलमा

आयोजक ओडिसी इन्टरनेसनल एकेडेमी र माउन्ट ग्लोरी आठौं ओडिसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।ओडिसीले ग्रिनल्यान्डलाई ३८–२० ले पराजित ग¥यो । विजेताका सागर लामाले १६ अंक जोडे । माउन्ट ग्लोरीले गोल्डेनपिकलाई १८–१५ ले हरायो । माउन्ट ग्लोरीको जितमा जेभिस लामाले १२ अंक योगदान गरे ।
जुनियर ब्वाइजमै बीएनए र इनोभेटिभ इङलिस स्कुलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।बीएनएले एन्जल्स हर्टलाई १८–१३ ले पाखा लगायो । आयुश मगरको १८ अंक सहयोगमा इनोभेटिभले डेनेब एकेडेमीलाई २२–१६ ले निरा पा¥यो ।
सेमिफाइनलमा ओडिसीको भेट माउन्ट ग्लोरीसंग हुनेछ भने बीएनएले इनोभेटिभको सामना गर्ने छ ।

Comment