इनोभेटिभ बास्केटबल हुने

इनोभेटिभ इङलिस स्कुलको आयोजनामा पाँचौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता फागनु २१ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा सिनियर ब्वाइज र गल्र्समा समान १२–१२ गरी २४ टिमको सहभागिता रहने आयोजक इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवरले जनाएका छन् । ब्वाइजमा इनोभेटिभ र गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् ।आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार खर्च हुनेछ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजककै कोर्टमा हुनेछ । फाइनल फागुन ६ गते हुनेछ ।

Comment