भारतसंग नेपालको हार

फाइल तस्बिरः सौजन्य क्रिकेटीग् नेपाल डटकम
फाइल तस्बिरः सौजन्य क्रिकेटीग् नेपाल डटकम

नेपालले यु–१९ क्रिकेटको खेलमा भारतसंग पराजयको सामना गरेको छ । सोमबार भएको खेलमा भारतले नेपाललाई सात विकेटले पराजित ग¥यो । १७० रनको लक्ष्य पछ्याएको भारतले १८.१ ओभरमा तीन विकेटको क्षतीमा लक्ष्य पुरा ग¥यो । भारतका रिसब पन्तले २४ बलमा ७८ रनको योगदान गरे । उनी म्यान अफ द म्याच घोषित भए । इसान खानले ४० बलमा ५२ रन जोडे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४८ ओभरमा खेलमा ८ विकेट गुमाउदै १६९ रनको योगफल खडा ग¥यो । नेपालका सन्दिप सुनारले ३७ तथा राजवीर सिंहले ३५ रन जोडे ।

 

Comment