आयोजक नलन्दाको विजयी सुरुवात

 

आयोजक नलन्दा सेकेन्डरी बोर्डिङ्ग स्कुलले प्रथम नलन्दा अन्तर विद्यालय बास्केटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।प्रतियोगिताको पहिलो दिन आयोजकले क्यारेवियनलाई ५८–१८ को अन्तरले पराजित ग¥यो । प्रतियोगितालाई आफ्नो पकडमा राखेको आयोजकको तर्फबाट नविन लोहारले १६ बास्केट गरेका थिए । क्यारेवियनको लागि रोनिश प्रजापतीले ८ स्कोर गरे ।

५ स्कुलको सहभागिता रहेको प्रतियोगिताको दोश्रो खेलमा ओसिसले आईजे पाईनियर माथि २७ – १० बास्केटको जित निकाल्यो । पहिलो क्वाटरमा २–२ स्कोरको खेल खेलेको ओसिसले दोश्रोमा ९–२, तेश्रोमा ६–२ र चौथो क्वाटरमा १०–४ अंक बटुल्यो । ओसिसको लागि समित लिम्बुले ८ अंकको योगदान गरे ।राउन्ड रोविनको आधारमा खेलाईएको प्रतियोगितामा उच्च दुई टिमले उपाधीको लागि भिडन्त गर्ने प्रतियोगिता संयोजक संजय ब्यञ्जनकारले जनाएका छन् ।

Comment