नेपालको दोस्रो जित

फाइल तस्बिरः सौजन्य क्रिकेटीग् नेपाल डटकम
फाइल तस्बिरः सौजन्य क्रिकेटीग् नेपाल डटकम

नेपाल यु–१९ बिश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणको नजीक पुगेको छ । शनीबार भएको खेलमा नेपालले आयरल्यान्डलाई आठ विकेटले पराजित ग¥यो । आयरल्यान्डले छाडेको १३२ रनको लक्ष्य नेपालले २५.३ ओभरमा दुइ विकेटको क्षतीमा पुरा ग¥यो । जितले नेपाली टोलीको दोस्रो चरण प्रबेशको सम्भावना प्रबल बनेको छ । नेपालले पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो । नेपालका योगेन्द्र सिंह कार्कीले अविजित ६१ रन प्रहार गरे । अरिफ सेख ३१ रनमा अविजित रहे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ९ विकेट गुमाउदै १३१ रनमा सिमित भयो । आयरल्यान्डलाई कम योगफलमा सिमित गर्ने क्रममा म्यान अफ दम्याच सन्दिप लामीछानेले १० ओभरमा २७ रन खर्चीदै पाच विकेट लीए ।

Comment