नेपालको विजयी सुरुवात

फाइल तस्बिरः सौजन्य क्रिकेटीग् नेपाल डटकम
फाइल तस्बिरः सौजन्य क्रिकेटीग् नेपाल डटकम

नेपालले अन्डर नाइन्टीन क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बिहिबार भएको खेलमा नेपालले न्युजिल्यानडलाई ३२ रनले पराजित ग¥यो । नेपालले छाडेको २३९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४७.१ ओभरमा २०६ रन जोड्दै सम्पूर्ण विकेट गुमायो । नेपालका दिपेन्द्र सिंह ऐरीले ५ ओभरमा २४ रन खर्चीदै तीन विकेट लीए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतीमा २३८ रनको योगफल खडा गरेको थियो । नेपालका लागि कप्तान राजु रिजालले ४८ तथा सन्दिप सुनार र अरिफmm सेखले ३९÷३९ रनको योगदान गरे । कुशल भुर्तेलले अविजित रहदै २३ बलमा ३५ रन प्रहार गरे । रिजाल म्यान अफ द म्याच घोषित भए ।

Comment