भलिबल टोलीको बिदाइ

volleyballe
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबलमा सहभागी हुने नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्ने भएको छ । समान १२–१२ पुरुष÷महिला खेलाडी, ४ प्रशिक्षक र २ टिम व्यवस्थापक गरी टोली ३० सदस्यीय रहेको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।
टोली शनिबार गुवाहटी पुग्ने कार्यक्रम छ । त्यहाँ नेपाली खेलाडीले अफ्गानिस्तानको साग भलिबल टोलीसंग अभ्यास खेल खेल्ने तय भएको प्रशिक्षक सुदेशकुमार रिमालले जनाएका छन् ।

Comment