राष्ट्रिय स्की च्याम्पियनशिप बुधबार देखि

 

नेपाल स्की संघको आयोजना प्रथम राष्ट्रिय स्की च्याम्पियनशिप बुधबार देखि शुरु हुने भएको छ । रसुवा जिल्लाको लाङटाङ क्यान्जिङ भ्यालीमा माघ १५ सम्म संचालन हुने प्रतियोगिताको मनोकामना केवल कार प्रालीले मुख्य प्रायोजन गर्ने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ९ र महिलातर्फ ६ खेलाडि छनोटमा परेका छन् । दुवै समूहका खेलाडिले ४ सय देखि ५ सय मिटरको अप्पाईन रेसमा प्रतिस्पर्धा गर्ने नेपाल स्की संघले प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएको छ । प्रतियोगिताको समापनक अवसरमा पर्यटन मन्त्री आनन्द पोखरेल,राखेप सदस्य–सचिव केशवकुमार बिष्ट,पर्यटनबोर्डका कार्यकरी प्रमुख दिपक जोशी,नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं नेपाल स्की संघका अध्यक्ष जिवनराम श्रेष्ठलगायतले खेलाडिलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।

Comment