लपु जुडो अध्यक्षमा मृगेन्द्र

ललितपुर जिल्ला जुडो संघको अध्यक्षमा मृगेन्द्रमान प्रधान निर्विरोध चयन भएका छन् । संघको चौथो साधारणसभाले प्रधानको अध्यक्षतामा १२ सदस्यीय जिल्ला कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षद्वयमा सुरेशकुमार कार्की र विकासमान प्रधान, सचिवमा राजेश श्रेष्ठ तथा कोषाध्यक्षमा राजेन्द्र महर्जन रहेका छन् । सदस्यहरुमा कृष्णगोपाल महर्जन, टेकरत्न वज्राचार्य, जीवन महर्जन, देवकी खड्का, विनोद महर्जन, एलेन महर्जन र कमला डंगोल छन् ।

Comment