काठमाडौं जुडोमा विपिन

judoe
काठमाडौं जिल्ला जुडो संघको साधारणसभाले विपिनप्रसाद श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति आइतबार सर्वसम्मत चयन गरेको छ ।
उपाध्यक्षमा शैलेन्द्रमान कायश्थ र चन्द्र डंगोल, सचिवमा राजिव प्रधान र कोषाध्यक्षमा सुनीलमान सिं रहेका छन् । बनी माधव जोशी, आशा ओझा, युविन श्रेष्ठ, लक्ष्मी तामाङ, दीपककृष्ण श्रेष्ठ, सुप्रसिद्ध ताम्राकार,  ईश्वर रेग्मी, सुरेन्द्ररत्न वज्राचार्य, रमेशभक्त मुनाकर्मी तथा पुनम लामा सदस्यमा चयन भए । इन्द्र डंगोल र प्रज्ज्वल शाक्यलाई सल्लाहकारमा चयन गरियो ।
साधारणसभाले उपाध्यक्षद्वय शैलेन्द्र र चन्द्रलाई माघ १२ गते हुने नेपाल जुडो संघको साधारणसभाका लागि प्रतिनिधि समेत तोकेको छ ।

Comment