प्रोफेसनल मास्टर्सको जित

boom crickett
बुम रेमीट्यान्स रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा प्रोफेसनल मास्टर्स ११ भैरहवाले जबही क्रिकेट क्लब बुटवललाई ५९ रनले पराजित ग¥यो । टस हारेर पहिले ब्याटिङ गरेको प्रोफेसनल मास्टर्सले आठ विकेटको क्षतीमा २सय ९ रनको योगफल खडा ग¥यो । मास्टर्सका आशुतोष पासवान ७८ रनमा अविजित रहे । जबहीका नितेस थापाले तीन विकेट लीए ।
२१० रनको लक्ष्य पछ्याएको जबही १५० रनका सिमित भयो । टोलीका धिरज शाहीले ५९ रनको योगदान गरे । विजयी टोलीका राजन श्रेष्ठ र दुर्गा सेनले तीन÷तीन विकेट लीए । म्यान अफ द म्याच आशुतोषलाई रुपन्देही क्रिकेट संघका सदस्य दिपक भुर्तेलले पुरस्कार वितरण गरे ।

Comment