सुमनको बलीङले शिबशक्तीको जित

boom cricket1
बुम रेमीट्यान्स रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको बिहिबार भएको खेलमा शिबशक्ती क्रिकेट क्लब भैरहवाले बुटवल ११ लाई ५७ रनले पराजित ग¥यो । भैरहवाको सिद्धार्थ रंगशालामा खराब प्रकासका कारण ३१ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको शिबशक्तीले २८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर ११२ रन जोड्यो । कृष्ण कुबँरले सर्वाधीक २८ रन जोडे । बुटवलका सुबास विकेले तीन विकेट लीए ।
जवाफमा ११३ रनको लक्ष्य पछ्याएको बुटवल १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाइ ५५ रनमा सिमित भयो । शिबशक्तीलाई खेल जिताउने क्रममा सुमन अधीकारीले सात ओभरमा सात रन खर्ची ६ विकेट लीए । पाइनिर फुड प्रोडक्सका प्रोपाइटर बिनय कासुधानले म्यान अफ दम्याच अधीकारीलाई पुरस्कार प्रदान गरे । शनीबार मास्टर्स ११ भैरहवा र जबइ क्रिकेट क्लब बुटवलका विचमा खेल हुने छ ।

Comment