रेफ्रि र प्रशिक्षकमा सफल धर्म नया जिम्मेवारीमा प्रतिबद्ध

dde
आसन्न दक्षिण एसियाली खेलकुदका लागि डेपुटी सेभ द मिसन भए पछि जुडो प्रशिक्षक तथा रेफ्रि धर्म कुमार श्रेष्ठले जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । साथै उनले आफू खेल क्षेत्रमा विताएको अनुभबले हरेक खेलाडीको समस्या समाधान गर्न सहयोग गर्ने बिश्वास ब्यक्त गरे ।
समान्य ब्यक्तिलाई स्टार बनाउने पथमा लागेका धर्म हाल सिडब्लुसिएनको अध्यक्ष छन् । नेपालका परिचित प्रशिक्षक धर्म सफल अन्तराष्ट्रिय रेफ्रि पनि हुन् । सहयोगी भावना भएका धर्म साग खेलमा नेतृत्वदायी भुमिकामा रहे पछि यसले धेरैलाई उत्साहित तुल्याएको छ ।
यस अघि विभिन्न समयमा नेपालले अन्तराष्ट्रिय भुमिमा सफलता पाउदा धर्म महत्वपूर्ण जिम्मेवारीमा थिए । दुइ स्थानमा हुने साग खेलका लागि ओलम्पिक कमिटीका तर्फबाट पुरेन्द्र विक्रम लाखे र राखेपको तर्फबाट धर्म डेपुटी सेभ द मिसन चयन भएका हुन् । यी दुवै लामो समय देखि खेलकर्मीको रुपमा जिवन विताएका ब्यक्ति हुन् ।

Comment