कीर्तिपुर मैदानको अवलोकन

ramesh silwale
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष रमेश सिलवालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बुधबार अवलोकन गरेका छन् ।
कीर्तिपुर मैदानमा आगामी अप्रिल १६ र १८ तारिखमा हुने विश्व क्रिकेट लिगअन्तर्गत नेपाल र नामीबियाबीच हुने खेललाई मध्यनजर गर्दै त्यहाँ रहेका भौतिक पूर्वाधार निर्माणको कार्य प्रगति बारे जानकारी लिन सिलवालले मैदानको अवलोकन गरेका हुन् ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत निर्माण शाखाका इन्जिनियर र निर्माण कार्यमा सलंग्न ठेकेदारले पूर्वाधार निर्माणको विविधि पक्ष बारे जानकारी गराएका थिए । त्यस अवसरमा राखेपका सदस्य समेत रहेका क्यानका उपाध्यक्ष शैलेश कर्माचार्य र सिईओ भावना घिमिरेको पनि उपस्थिति रहेको थियो ।

Comment