यु–१९ क्रिकेट टोलीको बिदाइ

cricket1e
अर्काे हप्ता बंगलादेशमा हुने यू १९ विश्वकप क्रिकेटमा सहभागी हुने नेपाली टोलीलाई प्रधानमन्त्री केपि शर्मा ओलीले विदाई गरेका छन् । खेलाडीलाई विदाई गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रलाई सम्झेर प्रतिस्पर्धामा उत्रन आग्रह गरे । ‘नेपाल र सगरमाथा सम्झेर खेल्नुहोस् तपाईको ब्याटले
छक्का र चौका प्रहार गर्ने छ । तपाईको बलले विकेट ढाल्नेछ ।’ ओलीले भने, ‘अहिले क्रिकेटमा आकर्षण छ । यसले राष्ट्रिय गौरव बढाएको छ ।’उनले नेपाल सरकार क्रिकेटको विकासका लागि संवेदनसिल रहेको बताउँदै सरकारबाट गर्नुपर्ने कुराको विषयमा प्रस्ताव पेश गर्न समेत आग्रह गरे ।कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मन्डल, राखेपका सदस्यसचिव केशवकुमार विष्ट, नेपाल क्रिकेट संघका अध्यक्ष रमेश सिलवालको उपस्थिति थियो। २० सदस्यीय नेपाली टोली बुधबार बंगलादेश जाँदै छ । टोलीका कप्तान राजु रिजाल छन् भने उपकप्तान आरिफ शेख छन् । त्यसैगरि सुनिल धमला, सन्दीप सुनार, योगेन्द्रसिंह कार्की, शंकर राना, दीपेन्द्रीसंह ऐरी, राजवीर सिंह, प्रेम तमाङ, इशान पाण्डे, दीपेश श्रेष्ठ, सन्दीप लामिछाने, सुशील कँडेल, हिमांशु दत्त र कुशल भुर्तेल छन् । मुख्य प्रशिक्षकमा जगतबहादुर टमाटा छन् । बलिङ प्रशक्षिकमा विनोद दास छन् । व्यवस्थापकमा सुदीप शर्मा छन् भने प्राविधिक विश्लेषकमा रमण सिवाकोटी र चिकित्समा दीनेश भट्ट रहेका छन् । नेपाली टोलीले १४ माघमा न्युजिल्यान्डविरु पहिलो खेल खेल्ने छ । नेपाल
रहेको समूहमा आयरल्यान्ड र भारत रहेका छन् ।

Comment