महिला भलिबल खेलाडीलाई ट्रयासुट

volleyball1
बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल खेलाडीलाई पुर्व खेलाडीले ट्रयाकसुट र जुत्ता प्रदान गरेको छन । पुर्व खेलाडीको तर्फबाट कलाकार एमव संचार कर्मी कोमल वलीले प्रदान गरिन् । नेपाली महिला टोलीले भारतमा हुने लागेको १२औं दक्षिण एसियाली खेलकुदको लागी अहिले तयारी गरिरहेको छ । मंगलबार त्रिपुरेश्वर स्थित कभर्डमा कलाकार वलीले खेलाडीको मनोबल बढाउन उद्धेश्यले बन्द प्रशिक्षण गरिरहेको स्थानमा पुगेकी थिइन ।
नेपाली टोलीलाई उनले केहि बेर आत्मविश्वा बढाउन हौसला समेत प्रदान गरेकी थिइन । नेपाली टोलीले इरानी प्रशिक्षकको नेतृत्वमा भारतमा हुन लागेको सागको तयारी गरिरहेको छ । टोलीको सहायक प्रशिक्षक कौशिला खत्री र व्यवस्थापक सुनकेशरी माली हुन । टोलीका सबै खेलाडीलाई दुइ थान ट्रयाक सुट र एक जुत्ता प्रदान गरिएको थियो । विदेशमा भएकी पुर्व महिला भलिबलकी कप्तान सुस्मा थापा स्पोट्र्स सुज र ब्रिन्दा मल्ल र माया पुनको तर्फबाट एक–एक सेट ट्याकसुट प्रदान गरिएको थियो । यस अघि शेरवहादुर खड्का स्मृति प्रतिष्ठान बालकोटले पनि महिला खेलाडि,प्रशिक्षक र ब्यवस्थापकलाई ट्याकसुट प्रदान गरेको थियो ।

Comment