रुपनारायणको अध्यक्षतामा प्याराग्लाइडिङ्ग एन्ड ह्याङ क्लाइम्बिङ्ग संघ

रुपनारायण श्रेष्ठको अध्यक्षतामा नेपाल प्याराग्लाइडिङ्ग एन्ड ह्याङ क्लाइम्बिङ्ग संघ तदर्थ समिती गठन भएको छ । संघको उपाध्यक्षमा फत्त बहादुर गुरुङ्ग,महेन्द्र कुमार पोखरेल, कृष्णहरी सुबेदी, सानोबाबु सुनुवार र नारायण प्रसाद पराजुली रहेका छन् । संघको महासचिवमा शैलेन्द्र राउत तथा सचिवमा इन्द्र प्रसाद भण्डारी रहेका छन् । कोशाध्यक्षमा मधुकर सुबेदी रहेका छन् । सदस्यहरुमा हरिश देव गौतम , केशब गाहा, करणजंग क्षेत्री, कृष्ण पाठक, रोशन अधीकारी, उषा राउत, उमेस केसी, बलराम आचार्य र महेन्द्र गुरुङ्ग रहेका छन् । यसैगरी, नेपाल नागरिक उड्यान प्राधीकरणका तीन जना बिशेषज्ञ प्रतिनिधी रहने छन् ।
यस संघले तीन महिनामा अधीबेशन गरि सक्ने जनाइएको छ ।

Comment