निशालाई स्वर्ण नेपाललाई पाँच पदक

taekwondoe
आसन्न साग खेलमा आफ्नो तौल समाबेश नभएको कारण हङकङमा भएको २० औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाएकी निशा रावलले स्वर्ण पदक जितेकी छिन् । उनले महिलाको ७३ केजीमुनि स्वर्ण पदक जितेकी हुन् । नेपालले कुल नेपालले ५ पदक जितेको छ ।
महिलाको ६२ केजीमुनि संगीता बस्याल र ३६ केजीमुनि संगीता तिमल्सिनाले कांस्य प्राप्त गरे ।  त्यस्तै पुरुषको ३३ केजीमुनि पुजन खड्का तथा ६८ केजीमुनि विकेश विडारीले कांस्य जिते । प्रतियोगिता ९ र १० जनवरीमा भएको थियो ।

Comment