सिलवालको नेतृत्वमा क्रिकेट

तीन महिनाभित्र निर्वाचन तथा बोर्डको तयारीमा जानेगरी राष्ट्रिय खेलकुद परिषद(राखेप)ले रमेश सिलवालको नेतृत्वमा नेपाल क्रिकेट संघ (क्यान)को १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । सीलवाल यस अघि पनि लामो समय क्रिकेट संघको नेतृत्व तहमा रहेका थिए । राखेपले गठन गरेको तदर्थ समितिमा उपाध्यक्षमा रविन्द्र अधिकारी, शैलेश कर्माचार्य र दीपक साउद छन् । यस्तै राखेपले नेपाली राष्ट्रिय टोलीका प्रर्व कप्तान पवन अग्रवाललाई महासचिव तथा पुर्ण लामालाई सचिवको जिम्मेवारी दिएको छ । कोषध्यक्षमा भरत केसी रहेका छन् । यस्तै सदस्यहरुमा चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी, डा. हरिशंकर शाह, ऋतु सिंह वैद्य, दीवाकर पौडेल, विनायक पोखरेल, सुरेश लाल श्रेष्ठ, रञ्जित तामाङ र एलबी क्षेत्री छन् ।
१५ सदस्यीय तदर्थ समिति गठन गरेपछि राष्ट्रि खेलकुद परिषदका सदस्य–सचिव केशव कुमार विष्टले संघ भएको तर पधाधिकारी नभएको क्यानले पूर्णता पाएको बताए । उनले क्रिकेटमा अवरोध नल्याउन क्यानका प्रमुख कार्यकारी अधिकृत(सिइओ) लाई जिम्मेवारी दिएको पनि सकिएको बताए । यसअघि नै अर्काे समूहले चतुर बहादुर चन्दलाई क्यानको अध्यक्षमा निर्वा्चित गरेको समितिलाई राखेपले अवैधानिक घोषित गरेको थियो ।

Comment