शेरवहादुर प्रतिष्ठानद्धारा साग भलिबल खेलाडिलाई ट्रयाकसुट प्रदान

शेर वहादुर खड्का स्मृति प्रतिस्ठान,बालकोटले १२ औ सागका महिला भलिबल खेलाडिलाई बुधवार बेलुका ट्रायकसुट प्रदान गरेको थियो । प्रतिष्ठनका अध्यक्ष रन्जन खड्काले खेलाडि बसोबस गदै गरेको सुनधारा स्थित रोयल थकाली होटलमा गएर खेलाडि,प्रशिक्षक तथा अफिसियललाई ४० हजार बरावरको १५ जोर ट्रायकसुट प्रदान गरेका थिए ।

उक्त अवसरमा नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्दले प्रतिष्ठानले छोटो समयमा महत्वपूर्ण काम गरेको बताए । आफ्नो पुजनीय स्वर्गिय पिताको स्मृतिमा राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडिलाई नगद पुरस्कार प्रदान गनु, प्रतिष्ठानकै नामबाट राष्ट्रिय महिला भलिबलको आयोजना गर्नु, खेलसगै पढाईमा पनि अब्बल नतिजा ८९.२५ अंक प्राप्त गरि प्रवेशिका परिक्षामा उत्तीर्ण गर्ने राष्ट्रिय खेलाडि कृपा अधिकारीलाई १५ हजार रुपैयाranjan durgae सहित सम्मान गर्नु, न्युडायमण्ड एकेडेमीको महिला भलिबल टिमलाई बार्षिक रुपमा स्पोर्टस् क्ट्सि प्रायोजन गर्नु जस्ता उल्लेखनिय काम गरेर नेपाल भलिबल संघलाई महत्वपूर्ण सहयोग गरेको बताए । नेपाल भलिबल संघकी सदस्य एवं न्युडायमण्डकी फाउण्डर सुनकेशरी मालीले सानो अनुरोधमा खेलाडिहरुलाई प्रोत्साहन गर्नु भएकोमा प्रतिष्ठानका अध्यक्ष प्रति आभार ब्यक्त गरिन् । सो अवासरमा भलिबलका मुख्य प्रशिक्षक सुदेश रिमाल, प्रशिक्षक जगदिश भट्टलगायतको उपस्थिति रहेको थियो।

Comment