तेक्वान्दो टोली हङकङ प्रस्थान

taeke
२० औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बिहीबार हङकङ प्रस्थान गरेको छ ।जनवरी ९ देखि १० तारिखसम्म हुने प्रतियोगिताको महिला ८० केजीमा निशा रावल, ६२ केजीमा संगीता बस्याल, ३३ केजीमा सन्जिला तिमल्सिना र ४६ केजीमा एन्जिला योञ्जनले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुषको ६८ केजीमा विकेश विडारी, ४५ केजीमा प्रनिश गुरुङ र ३३ केजीमा पुजन खड्काले सहभागिता जनाउने छन् । पुरुषको पुम्सेमा कविराज नेगी लामाले आफ्नो कौशल प्रदर्शन गर्ने छन् ।टोली नेतामा नोर्बु लामा, व्यवस्थापकमा बद्री घिमिरे तथा प्रशिक्षकमा कुमार लामा घिसिङ छन् । टोलीलाई सफलताको शुभकामना दिदै नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, मुख्य प्रशिक्षक ध्रुव गुरुङलगायतले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment