श्रेष्ठको परिवारलाई आर्थिक सहयोग

rahate
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का भलिबल मुख्य प्रशिक्षक स्व. केशवलाल श्रेष्ठको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेल र राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले स्व. श्रेष्ठकी धर्मपत्नी मञ्जु कुमारीलाई २ लाख ३२ हजार ३ सय ९ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।
परिषद् अन्तर्गत कार्यरत कर्मचारीहरुको एक महिनाको तलबबाट १.५ प्रतिशतका दरले कट्टा गरी संकलन भएको उक्त रकम सहयोग स्वरुप हस्तान्तरण गरिएको हो । श्रेष्ठको १२ बैशाखको विनाशकारी भूकम्पका कारण मृत्यु भएको थियो ।

Comment