तेक्वान्दो छनोट सम्पन्न

saf games1
१२ औ साग खेलकुदमा सहभागिता जनाउने तेक्वान्दो खेलाडीको टुंगो लागेको छ । मंगलबार सम्पन्न छनोट खेल पार गर्दै महिला नेपाल प्रहरीकी निमा सांग गुरुङ्ग ( राष्ट्रिय टिम) ५३ किलो तथा नेपाली आर्मीकी ज्ञानी चुनारा ( राष्ट्रिय टिम) ५७ किलोम ाछनोट भइन् । सबै बाउटमा उनी फराकिलो अंकको अन्तरले विजयी भएकी थिइन् ।
पुरुष ५४ किलोमा एपीएफका चन्द्र राना मगर, ५८ किलोमा पश्चिमाञ्चलका सुनील पौडेल, ६३ किलोमा नेपाल पुलिस क्लबका बिर बहादुर महरा र ६८ किलोमा मध्यमाञ्चलका मोहम्मद ओएस छनोट भए । ७४ किलोमा नेपाल पुलिसका निश्चल मान श्रेष्ठ ( राष्ट्रिय टिम), ८० किलोमा नेपाल आर्मीका सक्षम कार्की ( राष्ट्रिय टिम), ८७ किलोमा नेपाल आर्मीका रामहरी महत ( राष्ट्रिय टिम) र ८७ किलोमाथिमा नेपाल आर्मीकै प्रेम बहादुर बुढाथोकी छनोट भए ।
एक दिन अघि नेपाल पुलिसकी रेजिना कार्की, आर्मी क्लबकी यान कुमारी चालौगाइ र मध्यमाञ्चलकी आयशा शाक्य छनोट भएका थिए । यी तीनै जना विगत देखि ( राष्ट्रिय टिम)का खेलाडी हुन् । ( बिस्तृत समाचार पछि )

 

Comment