भलिवलमा पाल्पा, बाग्लुङग र म्याग्दीको जित

SAM_72271
बुटवलमा मंगलबार सुरु भएको किरण गुरुङ्ग स्मृति तेस्रो पश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत बुधबार तीन खेल सम्पन्न भए  । बुटवलमा जारी लुम्बिनी एक्स्पो २०१५, अन्तर्राष्ट्रिय व्यापार मेला २०७२ मा आयोजना गरिएको प्रतियोगिताको बुधबार सम्पन्न खेलमा पाल्पा, बाग्लुङग र म्याग्दी विजयी भएका हुन ।
पाल्पाले कपिलबस्तुलाई ३–० को सोझो सेटले हरायो । अर्को  खेलमा अर्घाखाँचीलाई ३–० ले हराउँदै बाग्लुङ विजयी भयो । बुधबार नै भएको खेलमा ३–१ को सेटले कपिलबस्तुलाई हराउँदै म्याग्दी लिग चरणको पहिलो खेलमा विजयी भएको छ । दुई खेलमा पराजित भएको कपिलबस्तु पनि प्रतियोगिताबाट बाहिरिएको छ ।प्रतियोगितामा बहिरिएका दुई जिल्ला अर्घाखाँची र कपिलबस्तुलाई मणिमुकुन्द भलिवल क्लवका अध्यक्ष मिलन राना र रुपन्देही व्यापार संघका महासचिव डिल्लीराज भण्डारीले विदाई गरे ।

Comment