मञ्जु र मनबीर सम्मानीत

arun8राष्ट्रिय महिला भलीबल टोलीकी उपकप्तान मञ्जु गुरुङ र ढोरपाटन स्पोर्टस टे«निङ सेन्टरका अध्यक्ष मनवीर छन्त्याललाई सम्मानीत भएका छन् । माघ महिनामा पर्वत तिलाहारको नवजागृत उच्च माविमा विद्यालयको स्वर्ण महोत्सवको पुर्व सन्ध्यामा हुन  लागेको क्षेत्रीय भलीबल प्रतियोगिताको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनको दौरान आयोजाकले उनीहरुलाइ शनीबार सम्मान गरेको हो । मञ्जुलाई १० हजार र छन्त्यालले ५ हजार सहित आयोजकले खादा ओडाएर सम्मान गरेको थियो । उनीहरुलाई राखेप सदस्य फत्त बहादुर गुरुङले सम्मान गरेका हुन् ।

 

Comment