पर्वतमा क्षेत्रीय भलिबल हुने

arun6
माघ महिनामा पर्वतमा क्षेत्रीय स्तरको पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १६ जिल्लाको टोलीले प्रतिस्पर्धा गर्ने भएको छन । पर्वत तिलाहारको नवजागृत उच्च माविमा प्रतियोगिता हुनेछ । विद्यालयको स्वर्ण महोत्सवको पुर्व सन्ध्यामा गर्न लागिएको प्रतियोगितामा पश्चिमाञ्चलको १६ जिल्लाको टोलीलाई सहभागी गराउने आयोजकले बताएको छ । प्रतियोगिता माघ २१ देखी २५ गते सम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन खेल नवजागृत उमाविको मैदान र अन्य खेल डिमुवा बजार मैदानमा हुने आयोजकले शनिबार पत्रकार सम्मेलनमा बतायो । पश्चिमाञ्चल क्षेत्रको स्थानीय खेलाडीको स्तर बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता संयोजक अरुण श्रेष्ठले बताए । प्रतियोगिताको समापन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको संयोजक श्रेष्ठले बताएका छन । प्रतियोगिताको विजेता टोलीले १ लाख ५० हजार, उपविजेताले १ लाख, तेस्रोले ५० हजार र चौथोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी ब्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, क्विकर, ब्लकर, रक्षक, सेटर र प्रशिक्षकले जनही ३ हजार पाउने छन । उत्कृष्ट खेलाडिलाई भक्तपुरको बालकोट स्थित शेर वहादुर खड्का स्मृति प्रतिष्ठानले सौजन्य गर्नेछ । प्रतियोगिता गर्नको लागी राष्ट्रिय खेलकुद परिषद(राखेप), नेपाल भलिबल संघ, पश्चिमाञ्चल खेलकुद विकास क्षेत्र, जिल्ला खेलकुद विकास समिति पर्वत र मोदी युवा क्लबले सहयोग गर्नेछन ।

 

Comment