जुडोको पहिलो पुस्ताकी महिला

anisha ogha8aasha ogha7
५० को दशक नेपाल मार्सल आर्र्टीस्टहरुको देशको रुपमा छबी बनाउन सफल भएको थियो । ४० को दशकमा नेपालमा मार्सल आर्टले ब्यपकता पाउन थाले पछि यसको असर ५० को दशकाम देखा परेको हो । ४० को दशकमै नेपाली महिलाहरुको मार्सल आर्ट क्षेत्रमा ब्यापक उपश्थिती रह्यो । यसरी उपश्थिती देखाउने क्रममा ४० को दशकमै आशा ओझा नेपाली मार्सल आर्टमा उदाइन् ।  बि.स २०४१ मा नेपाल प्रहरीबाट प्रतिनिधीत्व गर्ने १८ बर्षिया आशा जुडोमा प्रबेश गरिन् ।  केही टिनएजरहरु यो खेलमा प्रबेश गरे पछि नेपालमा बिस्तारै महिलामा पनि यो खेलको प्रभाव बढ्न थाल्यो । महिलाको पनि राष्ट्रिय च्याम्पियनसीप हुन थाले पछि केही समय पछि आशा सुरुवातमा ४७ किलो तौल समुहमा राष्ट्रिय च्याम्पियन भइन् । पछि यो क्रम बढ्दै गएर ५० किलो र ५५ किलोमा पनि कायम रह्यो ।
उनी मिहनेत गर्दै गइन् । सफलताहरुले उनलाई पछ्याउदै गयो । यसै क्रममा सन् १९८९ मा  दिल्लीमा भएको अन्तराष्ट्रिय च्याम्पियनसीपमा उनले काश्य पदक जितिन् । लखनाउमा भएको च्याम्पियनसीप उनले गुमाइन् । घरेलु प्रतियोगिताको हकमा बि.स २०५१ मा नेपालगञ्जमा भएको छैटौ राष्ट्रिय जुडो प्रतियोगिताको स्वर्ण पदक उनका लागि महत्वपूर्ण रह्यो ।  नेपाली खेलकुदका केही वातावरण असहज भएको पनि महशुष उनलाई नभएको होइन । तथापी निरन्तर खेलमै लागीरहेकी उनको जिवनाको सम्पूर्ण अंग अन्ततः जुडोसंग नै जोडीन पुग्यो । साफ स्वर्णधारी रमेस बस्ेनतसंग उनी बैबाहीक जिवनमा बाधीएको दुइ दशक पार गरिसकेको छ । यसैकारण उनलाई जिवनमा जुडोले नै सबै चिज दिलाएको अनुभब हुन्छ ।
नुवोकोट जिल्लाको नामबाट उनको परिचय खुलेको हो । संयोगबश नेपाली खेलकुद , त्यस पनि मार्सल आर्टमा अत्याधीक महत्वपूर्ण उपलब्धी दिलाउने नुवाकोटकै आशाको बाल्यकाल भने अस्थिर रह्यो । बाबु भारतीय सेनामा जागीरे भएका कारण बाल्यकालका धेरै समय उतै विताएकी थिइन् ।
काठमाडौ आए पछि सिद्धी गणेश स्कुलमा अध्ययन, प्रहरीको जागीर र जुडो खेल तीनवटै संगै लैजान सफल उनी खेलाडीको रुपमा यावत सफलता पछि विचमा जुडोबाट टाढा भएकी थिइन् । विदेशीएकी उनी नेपाल फर्के पछि फेरी जुडोमा सक्रिय भइन् । २०६० को दशकको आधा समय सकिए पछि उनी फेरी जुडोमा सक्रिय भइन् । यस पछि उनले दोस्रो डान ग्रेडिङ्ग गर्नुका साथै राष्ट्रिय रेफ्रिको प्रशिक्षण लिइन् । लगातार प्रतियोगिता कन्डक्टमा ब्यस्त उनी थप कोर्ष गर्दै अन्तराष्ट्रिय रेफ्रि बन्ने चाहनामा छिन् ।
नेपाली जुडोको यो लामो इतीहासमा थुप्रै स्टारको उदय भएको छ । थुप्रै सफलता नेपाली जुडोले पाएको छ । उल्लेख्य जनशक्ति पनि छ । यसमा महिला जुडोकर्मीको भुमिका पनि उत्साहजनक छ । परन्तु, नेपालमा जुडो खेलको विकासक्रमको चर्चा गर्दा  पहलो पुस्ताकी महिला जुडो खेलाडी आशा बिर्षन नहुने नाम बनेकी छिन् ।

Comment