विष्टद्वारा कीर्तिपुर मैदानको निरीक्षण

can1
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले बिहीबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।कीर्तिपुर मैदानमा आगामी अप्रिल १६ र १८ तारिखमा हुने विश्व क्रिकेट लिगअन्तर्गत नेपाल र नामीबियाबीच हुने खेललाई मध्यनजर गर्दै त्यहाँ रहेका भौतिक पूर्वाधार, मैदानको अवस्था, तयारीलगायत विषयमा जानकारी लिन सदस्य–सचिव विष्टले निरीक्षण गरेका हुन् ।
सो अवसरमा नेपाल क्रिकेट संघ (क्यान) की सिइओ भावना घिमिरेले विविध पक्ष बारे जानकारी गराएकी थिइन् ।
निरीक्षण पश्चात सदस्य–सचिव विष्टले यु–१९ विश्व क्रिकेटको तयारीमा रहेको युवा टोलीसंग पनि भेट गरेका थिए ।

 

Comment