कमला, नेबीका ललीता र मञ्जुलाई बेस्ट अवार्ड

insert2dhorpataninsert1
ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीबलको एपीएफ क्लब लगातार चौथो पटक च्याम्पियन बनेको छ । एपीएफले अपराजित रहदै १७ खेलबाट ५१ अंक जोड्दै उपाधि चुमेको हो । ११ औं संस्करणको अन्तिम लिग खेलमा एपीएफ पहिलो सेटमा न्यू डायमन्डसँग २५–१६ ले पछि परेको थियो । त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै लगातर तीनै सेट क्रमश २५–२०, २५–२२ र २५–१० ले आफ्नो पक्षमा पा¥यो ।
पहिलो संस्करण देखि लगातार सहभागिता जनाइरहेको न्यु डायमण्ड एकेडेमीले ११ औं संस्करणमा पनि उपबिजेतामा नै चित्त बुझाउन बाध्य बन्यो । १७ खेलमा १५ जित र २ मा हार बेहोरेको न्यु डायमण्डले ४४अंक जोडेको थियो ।
यस्तै अर्को खेलमा पश्चिमाञ्चल भलिबल संघले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान ओगट्न सफल भयो । पहिलो लिगमा पराजित भएको बदला लिदै पश्चिमाञ्चलले पुलिसलाई २५–१५,२५–२१ र २५–२३ को सेटमा पराजित गरेको हो ।
प्रतियोगितामा नेपाल पुलिस क्लबकी कमला पुन उत्कृष्ट खेलाडी घोषित भइन् । प्लेयर अफ दि इयरमा एपीएफकी नेविका चौधरी, प्लेयर अफ दि सिरिजमा पश्चिमाञ्चलकी कप्तान मञ्जु गुरुङ तथा प्रतिभावान खेलाडीमा न्यू डायमन्ड एकेडेमीकी कप्तान ललिता नाथ घोषित भइन् । उत्कृष्ट चारै जनाले एक–एक थान टिभीएस स्कुटी हात पारे । यस्तै विधागत उत्कृष्ट अन्र्तगत वेष्ट स्पाइकर न्यू डायमन्डकी प्रतिभा माली, ब्लकर एपिएफकी सरस्वती चौधरी, लिफ्टर न्यू डायमन्डकी कृपा अधिकारी, डिफेन्समा पुलिसकी शान्ति लामा(तामाङ), सर्भर पुलिसकी कोपिला उप्रेती, क्वीकमा न्यू डायमन्डकै ललिता नाथ र उत्कृष्ट प्रशिक्षकमा एपिएफ क्लबका सुदेश रिमाल घोषित भए । विधागत उत्कृष्टले समान पाँच हजार नगद प्राप्त गरे ।
प्रतियोगितामा विजेता टिम एपिएफले नगद २ लाख ६० हजार मेडल ट्रफी प्राप्त ग¥यो । उपविजेता न्यू डायमन्डले १ लाख ३० हजार, मेडल र ट्रफीमा चित्त बुझायो । यस्तै तेस्रो र चौथोले क्रमश ७० हजार र ४० हजार प्राप्त ग¥यो । दर्शन ट्रान्सपोर्टका सञ्चालक अरुण श्रेष्ठले पश्चिमाञ्चलकी मञ्जु गुरुङ र न्यू डायमण्डकी ललिता नाथलाई खेलबाट प्रभावित भइ प्रोत्सान स्वरुप जनही १० हजार नगद प्रदान गरेका थिए । विजेता टिम तथा खेलाडीलाई सभासद कृष्ण छन्त्याल,नेपाल भलिबल सघंका अध्यक्ष दान बहादुर तामाङ, ब्लुई स्काई कम्पनीका प्रबन्धक निर्देशक प्रेम कटुवाल,टिभीएस कम्पनीका शाखा म्यानेजर किरण शाक्य,आयोजकका अध्यक्ष मनबिर छन्त्याल,उपाध्यक्षद्धय किरण घायल,कपिल पुन,महासचिव देवेन्द्र घर्तिमगर लगायतले पुरस्कृत गरेका थिए ।

Comment