एम्बसडरकपमा आर्मी पहिलो, मोहम्मद र काजल उत्कृष्ट

finale
पर्साका मोहम्मद ओएस र कोटेश्वर तेक्वान्दो डोजाङ्गकी काजल  श्रेष्ठ सातौ कोरियन एमबसडर कप तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट खेलाडी चयन भए । यसैगरी, जुनियर तर्फ पुरुषमा युनाइटेडका पुजन खड्का र महिलामा एसओएस भैरहवाका सुनीता नेपाली उत्कृष्ट खेलाडी चयन भए । ग्यारोगीका ३२  स्पर्धामा १० स्वर्ण पदक जित्दै नेपाल आर्मी क्लब पहिलो भयो । कोटेश्वर तेक्वान्दो डोजाङ्ग र सितापाइला तेक्वान्दो डोजाङ्गले तीन÷तीन स्वर्ण पदक जिते । प्रतियोगितामा पुम्सेमा १७ बर्ष मुनीको पुम्सेमा पुरुष तर्फ मैत्रीका निकेश कायश्य र महिला तर्फ आर्मीका रोशनस् श्रेष्ठ उत्कृष्ट भए । १८ देखि २९ बर्ष उमेर समुहमा पुरुषमा स्युचाटारका शिरिष तामाङ्ग र महिलामा नेपाल पुलिस क्लबी सिता तामाङ्ग उत्कृष्ट भए । ३० बर्ष भन्दा माथि एपीएफका सुर्य परियार उत्कृष्ट भए । विसाल रायमाझी र शारदा धिमाल उत्कृष्ट रेफ्रि चयन भए  । युनाइटेडका विकेश विडारी र भैरहवाका प्रकास राजभण्डारी उत्कृष्ट प्रशिक्षक चयन भए ।
विजयी टोली तथा खेलाडीलाई प्रमुअ अतिथी नेपालका लागि दक्षिण कोरियाका राजदुत योंग जिन चोइ र काउन्सीलर ची योंग पार्कले पुरस्कार प्रदान गरे । कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास समसेर राणा र महासचिव दिपराज गुरुङ्गका साथै तेक्वान्दो संघका अधीकारी र बरिष्ठ तेक्वान्दो प्रशिक्षकको पनि उपश्थिती थियो ।

Comment