एपीएफ ढोरपाटन च्याम्पियन

dhorpatan tuesdaye
ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि एपिएफले जितेको छ । मंगलबार सम्पन्न खेलमा नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लबलाई पछि पार्दै अपराजित यात्रा कायम राखेर ४८ अंक जोड्दै प्रतियोगिताको उपाधि एपिएफले आफ्नो पक्षमा पारेको हो । दोस्रो स्थानमा रहेको न्युडायमण्डको ४४ अंक छ ।  बुधवार हुने एपिएपलसँगको  अन्तिम खेल न्युडायमण्डले जिते पनि ४७ अंकमा सिमित हुनेछ । एपिएफले १६ खेलबाट जोडेको ४८ अंक उपाधिका लागि प्रयाप्त छ ।
मंगलवार एपीएफले दुवै खेलमा जित हात पा¥यो । पहिलो खेलमा एपिएफले पुलिसलाई २५–१६ २५–१५ र २५–१७ को सोझो सेटमा हराउदा दोश्रो खेलमा आर्मीलाई २५–१०,२५–१९ र २५–१९ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । यसै गरी नेपाल आर्मीले बुटवलको एभरेष्ट स्कुललाई २५–१३, २५–२१ र २५–१५ को सेटमा हरायो ।

Comment