फेन्सिङ्गमा पन्ध्र प्रशिक्षक दिक्षित

fencinge
नेपाल फेन्सिङ्ग संघको आयोजनामा भएको एफएलए कोचिङ्ग सेमिनारबाट पन्ध्र प्रशिक्षक दिक्षित भएका छन् । एशियन फेन्सिङ्ग महासंघको सहयोगमा मंसिर २९ गते देखि संचालन भएको सेमिनारमा फेन्सिङ्गको सावरे  र फ्वाईल विधामा प्रशिक्षण प्रदान गरिएको थियो । प्रशिक्षार्थीहरुलाई एशियन फेन्सिङ्ग महासंघका प्रतिनिधी एवं प्रशिक्षक फिलिपिनो नागरिक फर्नान्डो ग्रासियाले लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम केन्द्रमा एक हप्ता प्रशिक्षण प्रदान गरेका थिए ।
सेमिनारमा उत्तीर्ण प्रशिक्षकहरुलाई नेपाल ओलम्पिक कमिटिमा आयोजित कार्यक्रममा कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले प्रमाण पत्र प्रदान गरेका थिए ।सो कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले २०११ मा नेपाल ओलम्पिक कमिटिमा आवद्ध भएको फेन्सिङ्ग संघले स्थापनाको छोटो समयमानैे निकै ठूलो फड्को मारेको तर्फ ईङ्गित गर्दै नेपालमा नौलो खेलको रुपमा रहेको खेलले सिमित श्रोत र साधनका वावजुद राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छाप छोड्न सफल भएकोमा संघ र पदाधीकारीहरुलाई धन्यवाद प्रदान गरे । उनले प्राविधिक क्षेत्रमा प्राप्त ज्ञानलाई सदुपयोग गर्दै खेलकुदको ईतिहासमा ईतिहास रच्न अग्रणी भूमिका निर्वाह गर्न र यस खेलको उन्नती प्रगती हासिल गर्न शुभकामना प्रदान गरे । उनले यस खेललाई अझ उचाईमा पु¥याई आगामी दिनमा ओलम्पिक खेलमा सहभागिता जनाउने विश्वास ब्यक्त गरे ।
प्रशिक्षक ग्रासियाले प्रशिक्षकहरुले प्राप्त ज्ञानलाई नेपाली खेलकुदको विकासमा प्रयोग गर्नुका साथै यस खेलको विकास र विस्तारमा सदुपयोग गर्ने विश्वास ब्यक्त गरे ।नेपाल फेन्सिङ्ग संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठले आफु स्वयं र संघ यस खेललाई अगाडी बढाउन सदा लागि परिरहने बताए । उनले दक्षिण एशियामा यो खेलको विकास र विस्तारमा नेपाल प्रशंसनिय रहेको भन्दै आगामी दिनमा अन्तराष्ट्रिय स्तरमा उपलब्धि हासिल गर्न सक्षम हुनेमा विश्वस्त रहेको बताए ।
कार्यक्रमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, प्रशिक्षक फर्नान्डो ग्रासिया र राष्ट्रिय खेलकुद परिषदलाई नेपाल फेन्सिङ्ग संघले कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

Comment