न्यु डायमण्ड शिर्ष स्थानमा

nd fendwe
न्यु डायमन्ड एकेडेमीले सोमबार ११औं ढोरपाटन ब्लु स्काई डबल लिग महिला भलिबलमा जित हात पादै शिर्ष स्थानमा उक्लिएको छ । पश्चिमाञ्चलाई ३–० को सोझो सेटमा पराजित गदै १६ खेलबाट ४४ अंक जोडेको न्यु डायमण्डको च्याम्पियन बन्ने सपना भने अधुरो हुने निश्चित भएको छ । १६ औ खेलको समिकरणले न्यु डायमण्डलाई उपबिजेतामा सिमित बनाएको छ । न्यु डायमण्ड ढोरपाटनको सबै संस्करण खेल्ने एक्लो टोली हो । न्यु डायमण्ड पाँचौं र दशौं संस्करणमा उपविजेता बनेको थियो । प्रतियोगिताको ११औं संस्करण सकिन लाग्दा सोमबार डायमन्डले पश्चिमाञ्चललाई २५–१९, २५–२१, २५–१९ ले हरायो । डायमन्डकी समिक्षा घिमिरे प्लेयर अफ द म्याच घोषित भइन । अब डायमन्डले पुस ८ गते अन्तिम खेलमा एपिएफको सामना गदैछ । यसैगरी शिर्ष स्थानमा रहेको एपिएफले १४ खेलबाट ४२ अंक बटुलेको छ । अब एपिएफले तीन खेल खेल्न बाँकी छ । डायमन्डका प्रशिक्षक कुमार राईले प्रतियोगितामा टोलीको प्रदर्शन सन्तोष जनक नभएको बताए । उनले भने, ‘ब्लक र सेकेन्ड स्पाइकर कमजोर हुँदा हाम्रो च्याम्पियन बन्ने लक्ष्य पुरा हुन सकेन । च्याम्पियन हुन दोस्रो स्पाइकर बलियो बनाउन जरुरी छ ।’यसैगरी सोमबार भएको अन्य खेलमा नेपाल पुलिसले आर्मीलाई २५–१३, २५–१५ र २५–२० ले हरायो । पुलिसकी कप्तान निता शाह प्लेयर अफ द म्याच भइन । अर्को खेलमा एभरेष्ट स्कुलले धादिङ कलाकार टिमलाई २५–२०, २५–११ र २५–१९ ले पराजित ग¥यो । धादिङकी पुजा धिमाल प्लेयर अफ द म्याचबाट पुरस्कृत भइन । ढोरपाटन स्पोर्टस टे«निङ क्लबले आयोजना गरेको प्रतियोगिता पुस ८ सम्म चल्नेछ । प्रतियोगिता नेपालको सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता हो । प्रतियोगिताको विजेताले २ लाख ६० हजार, उपविजेताले १ लाख ३० हजार लगायत पुरस्कार पाउनेछन । यसैगरी प्रतियोगितामा विभिन्न विधामा सर्वोत्कृष्ट हुनेले चार स्कुटर पाउने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले बताएका छन ।

Comment