न्युडायमण्ड, नेपाल पुलिस र पश्चिमाञ्चल विजयी

dhor patan sundaye
ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिता अन्तर्गत आईतवार भएको खेलमा न्युडायमण्ड, नेपाल पुलिस र  पश्चिमाञ्चल विजयी भएका छन् ।नयाँ बसपार्कमा भएको प्रतियोगितामा न्युडायमण्डले एभरेष्ट स्कुललाई २५–१८ २५–९ र २५–१२ को सोझो सेटमा पराजित गरेको छ । यसैगरी अर्को खेलमा  नेपाल पुलिस क्लबले धादिङ कलाकारलाई २५–८,२५–१३ र २५–१० को सोझो सेटमा स्तब्ध बनायो । आईतवार भएको अन्तिम खेलमा पश्चिमाञ्चलले नेपाल आर्मीलाई २५–२०, २५–१२ र २५–१० को सोझो सेटमा हरायो ।
प्रतियोगितामा अपराजित रहेको एपिएफले १४ खेलबाट ४२ अंकका साथ शिर्ष स्थानमा कायम रहदा एक खेल बढि खेलेको न्युडायमण्ड ४१ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ । पुलिस विरुद्धको खेलमा पाँच सेट खेलेर १ अंक गुमाए पछि न्युडायमण्डको ४१ अंक भएको हो । यसैबीच १४ खेल खेलेर तेस्रो स्थानमा रहेको पुलिसको ३४ अंक रहेको छ । प्रतियोगितामा अब एपिएपले आर्मी, पुलिस र न्युडायमण्डसँग खेल्ने बाँकी रहेको छ भने  न्युडायमण्डले पुलिस र एपीएफसँग प्रतिस्पर्धा गर्न बाँकी रहेको छ ।

Comment