न्युडायमण्ड ,पश्चिमाञ्चल र आर्मी बिजयी

dhorpatan volleyball2
ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा न्युडायमण्ड, पश्चिमाञ्चल र आर्मी  विजयी भएका छन् ।नयाँ बसपार्कमा भएको प्रतियोगितामा न्युडायमण्डले नेपाल पुलिसमाथी २५–१८,१८–२५,२६–२४, २५–११ र १५–७ को कठिन जित निकाल्यो । दोश्रो खेलमा लमा पश्चिमाञ्चलले बुटवलको एभरेष्ट स्कुललाई २५–१४,२५–१२ र २५–१०  को सोझो सेटमा पराजित गर्यो । त्यस्तै आर्मीले धादिङ कलाकारलाई २५–९, २५–१४ र २५–११ को सेटमा हरायो ।

Comment